राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य: संयोजक दाहाल
सारांश
- पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मानलाई पार्टीको मुख्य उद्देश्य बताए।
- उनले देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प लिएको कुरा उल्लेख गरे।
- आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने योजना रहेको बताए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताए ।
विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धतासहित विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरूबिच एकता भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिहरूलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
पार्टीले आत्मसात् गरेका वैचारिक दृष्टिकोण तथा कम्युनिस्ट आदर्शका कारण अहिले पार्टीप्रति जनलहर बढेको बताउँदै उनले आसन्न निर्वाचनमा जनताले राम्रो मूल्याङ्कन गर्ने उल्लेख गरे । पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण गरेको बताउँदै उनले त्यस कार्यक्रमबाट गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रूपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताए ।
राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्विकार्दै उनले नेपाली विशेषताको समाजवाद कार्यान्वयन गरी प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण