बेंगलोरको सुरक्षा चिन्ता र चुनावका कारण आईपीएलको तालिकामा अन्योल
सारांश
- आईपीएल २०२६ मार्च २८ बाट सुरु हुने, बीसीसीआईको योजनाभन्दा ढिलो हुने भएको छ।
- आगामी साता बस्ने आईपीएल गभर्निङ काउन्सिलको बैठकले खेल तालिका सार्वजनिक गर्नेछ।
- आरसीबीले सुरक्षा कारण देखाउँदै वैकल्पिक स्थानको रूपमा नवी मुम्बई, रायपुर र पुणेलाई सर्टलिस्ट गरेको छ।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सुरुवात भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को पूर्व निर्धारित योजनाभन्दा दुई दिन ढिलो गरी आगामी मार्च २८ बाट हुने भएको छ। डिसेम्बर १५ मा भएको लिलामीको अघिल्लो दिन फ्रेन्चाइजहरूलाई मार्च २६ बाट प्रतियोगिता सुरु हुने जानकारी दिइएको भए पनि आईपीएलले आन्तरिक रूपमा मिति परिवर्तन गरी मार्च २८ मा उद्घाटन र मे ३१ मा फाइनल खेल गर्ने तयारी गरेको छ।
आगामी साता बस्ने आईपीएल गभर्निङ काउन्सिलको बैठकले खेल तालिका सार्वजनिक गर्ने योजनालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ। आसाम, पश्चिम बङ्गाल र तमिलनाडुमा हुन लागेको विधानसभा निर्वाचनको मिति घोषणा नभएका कारण तालिका सार्वजनिक गर्न ढिलाइ भएको हो।
यी राज्यका कोलकाता, चेन्नई र गुवाहाटी सहरहरू क्रमशः कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सका घरेलु मैदान हुन्। निर्वाचन आयोगले मतदानको मिति तय नगरेसम्म तालिकालाई दुई चरणमा सार्वजनिक गर्ने वा आयोगको निर्णय पर्खिने भन्नेबारे काउन्सिलले निर्णय लिनेछ।
यस पटकको उद्घाटन खेल साविक विजेता रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) को सहभागीतामा हुने निश्चित छ। तर, खेल कुन मैदानमा हुने भन्ने विषय अहिले चर्चाको केन्द्रमा छ।
गत जुन महिनामा आरसीबीको जितको उत्सव मनाउने क्रममा बेंगलोरको एम चिन्नास्वामी स्टेडियममा भागदौड मच्चिँदा ११ जना प्रशंसकको मृत्यु भएको थियो। सोही दुखद घटनाका कारण आरसीबीले आफ्ना सातवटा घरेलु खेलहरू त्यहीँ खेल्ने वा अन्यत्र सार्ने भन्नेबारे कर्नाटक राज्य क्रिकेट संघसँग छलफल गरिरहेको छ।
सुरक्षाको कारण देखाउँदै आरसीबीले वैकल्पिक स्थानका रूपमा नवी मुम्बई, रायपुर र पुणेलाई सर्टलिस्ट गरेको छ। गभर्निङ काउन्सिलको आगामी बैठकले निर्वाचनको मिति र बेंगलोरको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिताको सुरुवात र स्थानबारे अन्तिम टुङ्गो लगाउने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण