रवि लामिछानेलाई हर्कको प्रश्न : कति पटक गृहमन्त्री भए जीवी राई पक्रने ?
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा नयाँ पार्टी नभएको आरोप लगाए।
- उनले पुराना दललाई भोट हालेर परिवर्तन नहुने र रास्वपाका नेताहरूले केही नगरेको बताए।
- साम्पाङले गृहमन्त्री भइसकेका नेताहरूले जीवी राईलाई नपक्राउ गरेको भन्दै प्रश्न उठाए।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी नभएको टिप्पणी गरेका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले रास्वपा र त्यसका नेताहरूले नयाँ भने पनि उनीहरू यसअघि नै सांसद मन्त्री भइसके पनि केही नगरेको भन्दै उनीहरू नयाँ नभएको दाबी गरे ।
उनले पुराना दललाई भोट हालेर परिवर्तन नहुने पनि बताए । ‘घण्टी बजाउँदै आएको दल पनि आफूलाई नयाँ भन्छ त्यो नयाँ होइन’, उनले भने, ‘त्यसको सभापति उपप्रधान तथा गृहमन्त्री भैसकेको हो । त्यसकारण त्यो दल नयाँ होइन । गृहमन्त्री बन्दा आफैँ सहकारी काण्डमा मुछिएको छ । त्यो जीवी राई भन्छ, उसलाई खोजेर ल्याउनुपर्दैन ?’
उनले लामिछानेलाई कति पटक जीवी राईलाई पक्रने भनेर प्रश्न समेत गरे । ‘कति पटक गृहमन्त्री भएपछि जीवीलाई पक्रेर ल्याउने त ?’, प्रश्न गर्दै उनले भने, ‘जीवीलाई पनि बदनाम मात्र गरिएको जस्तो लाग्छ । को को हो जीवी राई, कहाँ गयो ? केही गर्दैन । त्यही पार्टीका सांसदले किसान, गरिब, दुःखीको पक्षमा बोले ? पुरानैजस्तो गठबन्धन गर्दै प्रधानमन्त्री र गृहमन्त्री दे भनेर रोइलो मात्र गर्ने हो । पहिला नै चाख्दा टर्रो भयो ।’
साम्पाङले गफले मुलुक नबन्ने भन्दै श्रम संस्कृति पार्टी श्रम गर्ने पार्टी भएको र श्रमले मात्र मुलुक बन्ने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण