मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

फागुन २१ को चुनाव जनमत सङ्ग्रहजस्तै हो: प्रचण्ड

शनिबार, १६ फागुन २०८२, १५ : ४१
शनिबार, १६ फागुन २०८२

सारांश

  • प्रचण्डले फागुन २१ को निर्वाचनलाई नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने जनमत सङ्ग्रहको रूपमा व्याख्या गरे।
  • उनले निर्वाचनमा राष्ट्रिय एकताको पक्षमा उभिने शक्तिलाई मतदान गर्न आह्वान गरे।
  • प्रचण्डले नेकपाको पक्षमा राम्रो नतिजा आउने दाबी गर्दै निर्वाचन हुनुलाई गर्वको विषय माने।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका छन् । 

शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका हुन् । 

उनले निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने शक्ति र राष्ट्रलाई सङ्कटमा धकेल्ने प्रवृत्ति समेत अहिले चुनावी प्रतिस्पर्धामा रहेको धारणा राखे । राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई भन्ने एउटा अहम् प्रश्न मतदाताको अगाडि रहेको उनले बताए । 

प्रचण्डले मुलुकमा निर्वाचन हुने अवस्था सिर्जना हुनु नेकपाका लागि निकै गर्वको विषय भएको भन्दै पार्टीको पक्षमा राम्रै नजिता आउने दाबी गरे । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप