दुई पटकसम्म उपप्रधान र गृहमन्त्री भइसकेकाले आफूलाई ‘नयाँ’ भन्न मिल्दैन : हर्क साम्पाङ
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना दलहरूले काम नगरेको आरोप लगाए।
- उनले रास्वपामाथि प्रहार गर्दै रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाए।
- अध्यक्ष साम्पाङले युवा शक्तिलाई देशको विकासको आधार बनाउने योजना रहेको बताए।
ललितपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना राजनीतिक दलहरूले देश र जनताका लागि काम नगरेका कारण आफूहरू बाध्य भएर चुनावी मैदानमा उत्रिनुपरेको बताएका छन्। शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक-पटक जनताले जिताएर पठाउँदा पनि नेताहरूले देशको अवस्था सुधार्न नसकेको आरोप लगाएका हुन् ।
उनले अबको विकल्प श्रम र संस्कृति बुझेका शक्तिहरू नै भएको दाबी गरे। अध्यक्ष साम्पाङले हालैको 'जेनजी' आन्दोलनपछि मुलुक संकटमा पर्दा ठूला भनिएका दलका नेताहरू कतै नदेखिएको तर्क गरे।
संकटका बेला जनतालाई साथ दिनुको साटो उनीहरू जिम्मेवारीबाट पन्छिएको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि कडा प्रहार गरे। घण्टी बजाउँदै आएको रास्वपा अब नयाँ दल नरहेको उल्लेख गर्दै उनले यसका सभापति दुई पटकसम्म उपप्रधान एवं गृहमन्त्री भइसकेकाले आफूलाई ‘नयाँ’ भन्न नमिल्ने बताए।
साम्पाङले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र आफ्नो दोष जति सबै जीबी राईमाथि थोपर्ने काम गरेको आरोप समेत लगाए। सत्तामा पुगेपछि पुराना दलकै शैली अपनाएको भन्दै उनले नयाँपनको नाममा जनतालाई झुक्याउने काम भइरहेको टिप्पणी गरे।
देश बनाउने वास्तविक जिम्मेवारी युवाहरूको काँधमा रहेको भन्दै उनले युवा शक्तिलाई उत्पादन र विकासको मुख्य आधार बनाउने आफ्नो पार्टीको स्पष्ट योजना रहेको प्रस्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण