मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच वर्ष कांग्रेसले विवेक र सावधानीका साथ देश चलाउँछ : गगन थापा

शनिबार, १६ फागुन २०८२, १६ : ३६
शनिबार, १६ फागुन २०८२

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले अबका पाँच वर्ष कांग्रेसले तीव्र  रूपमा देश सञ्चालन गर्ने दाबी गरेका छन्। सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत बैलबास बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विवेक र सावधानीका साथ कांग्रेसले देश हाँक्ने बताए।

थापाले २०७४ पछिका दिनमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरू सरकारमा सहभागी हुँदा गल्ती भएको स्वीकार गरे। उनले विद्यमान ऐन–कानुनका कारण निजी क्षेत्र तथा विदेशी लगानीकर्तासमेत हच्किएको उल्लेख गर्दै कांग्रेस नेतृत्वमा सरकार बनेपछि ती अवरोधहरू सुधार गरिने बताए।

वर्तमान परिस्थितिमा कांग्रेस नै सबैभन्दा नयाँ सोच, जोस र जाँगर बोकेको पार्टी भएको दाबी गर्दै उनले मतदातासँग समर्थन मागे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप