भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित
नयाँ दिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।
“मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।
इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ ।
लाखौँ भारतीय आप्रवासीहरूको घर, अन्य खाडी राष्ट्रहरूमा छ भने नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायलसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गरेको छ ।
यो क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको प्रमुख अर्थतन्त्रका लागि ऊर्जाको महत्वपूर्ण स्रोत पनि हो । प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको ऐतिहासिक भ्रमण पछि स्वदेश फर्केको एक दिन पछि इरानमा आक्रमण भएको हो, जहाँ दुवै पक्षले व्यापार र रक्षा सम्बन्धलाई मझभुत बनाउन सहमत भएका थिए ।
प्रधानमन्त्री मोदीले इजरायली सांसदहरूलाई सम्बोधन गर्दै सन् २०२३ अक्टोबर–७, मा हमासको घातक आक्रमण पछि नयाँ दिल्ली इजरायलसँग “दृढतापूर्वक“ उभिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण