बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
इरान–इजरायल युद्ध

इरानद्वारा कतारमाथि मिसाइल प्रहार, ८ जना घाइते

आइतबार, १७ फागुन २०८२, ०३ : १५
आइतबार, १७ फागुन २०८२

सारांश

  • इरानले कतारलाई निशाना बनाएर गरेको मिसाइल आक्रमणमा ८ जना घाइते भए।
  • कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा एक जनाको अवस्था गम्भीर छ।
  • कतारको परराष्ट्र मन्त्रालयले इरानको यस कदमको भर्त्सना गर्दै लापरबाहीपूर्ण र गैर जिम्मेवार कार्य भनेको छ।

काठमाडौँ । इरानले आइतबार कतारमाथि गरेको मिसाइल आक्रमणमा परी ८ जना घाइते भएका छन् । कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।

गृह मन्त्रालयका जनसम्पर्क प्रमुख अब्दुल्लाह खलिफा अल–मुफ्ताहले टेलिभिजन सम्बोधनमार्फत  कतारमा ६६ वटा मिसाइल प्रहार भएको पुष्टि गरे । उनका अनुसार देशभरका ११४ स्थानबाट मिसाइलका छर्राहरू खसेको रिपोर्ट प्राप्त भएको छ ।

यसैबिच, कतारको परराष्ट्र मन्त्रालयले इरानको यस कदमको भर्त्सना गरेको छ । मन्त्रालयका जनसम्पर्क प्रमुख इब्राहिम सुल्तान अल–हाशेमीले इरानले बारम्बार कतारलाई निशाना बनाउनु ‘लापरबाहीपूर्ण र गैर जिम्मेवार’ कार्य भएको बताएका छन् ।

उनले इरानको यो सैन्य कदम ‘असल छिमेकीपन’ को सिद्धान्त र अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको समेत उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप