खामेनीको छोरी र ज्वाइँ मारिएको पुष्टि, नाति र बुहारी पनि रहेनन्
आइतबार, १७ फागुन २०८२, ०६ : ४४
सारांश
- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका परिवारका सदस्यहरू इजरायली-अमेरिकी आक्रमणमा मारिए।
- खामेनीकी छोरी, ज्वाइँ, नाति र बुहारीको मृत्यु भएको फोर्स न्युजले पुष्टि गरेको छ।
- सर्वोच्च नेता खामेनीको अवस्थाबारे इरानी सरकार मौन छ, तर उनको मृत्युको हल्ला पनि चलेको छ।
तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका परिवारका सदस्यहरू इजरायली-अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग आबद्ध अर्ध-सरकारी समाचार संस्था फोर्स न्युजले खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको पुष्टि गरेको हो।
सर्वोच्च नेता खामेनीको कार्यालयका जानकार स्रोतहरूलाई उद्धृत गर्दै फोर्स न्युजले यो खबर सार्वजनिक गरेको हो।
सोही रिपोर्टका अनुसार उक्त आक्रमणमा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइएको छ।
आफ्नो परिवारका सदस्यहरूको मृत्युको खबर पुष्टि भए पनि सर्वोच्च नेता खामेनी स्वयंको अवस्थाका बारेमा भने इरानी सरकारले अझै पनि औपचारिक मुख खोलेको छैन। यद्यपि, विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने खामेनीको पनि सोही आक्रमणमा मृत्यु भइसकेको दाबी गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण