मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल गर्न प्रलोपाको माग
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र स्वदेश फिर्तीको माग गरेको छ।
- पार्टीले मध्यपूर्वमा युद्धको चपेटामा परेका नेपालीहरूको अवस्था सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
- पार्टीले युद्धका कारण मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षाको लागि आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मध्यपूर्वमा विकसित पछिल्लो युद्धको परिस्थितिबाट त्यहाँ रहेका नेपालीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पर्न सक्ने भन्दै उनीहरूको तत्काल सुरक्षा र शान्तिपूर्ण स्वदेश फिर्तीको माग गरेको छ ।
पार्टीले मध्यपूर्वमा रहेका नेपालीहरूको वर्तमान अवस्था तत्काल सार्वजनिक गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टीका अध्यक्ष सन्तोष परियारद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व भीषण युद्धको चपेटामा परेको उल्लेख गरिएको छ । वार्ता र संवाद जस्ता शान्तिपूर्ण विकल्पहरू हुँदाहुँदै युद्धका लागि तयार हुनु विश्व शान्तिका पक्षमा नभएको र जुनसुकै युद्ध पनि अन्ततः मानवता विरोधी नै हुने ठहर पार्टीले गरेको छ ।
हाल रोजगारी, शिक्षा र व्यवसायका सिलसिलामा लाखौँको सङ्ख्यामा नेपालीहरू मध्यपूर्वका विभिन्न देशमा रहेका छन् । युद्धको यस्तो संवेदनशील अवस्थामा ती नेपालीहरूको सुरक्षा गर्नु नेपाल सरकारको प्रमुख दायित्व भएको विज्ञप्तिमा स्मरण गराइएको छ ।
प्रलोपाले कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन सरकारसँग माग गरेको छ । यसका साथै, त्यहाँ रहेका नागरिकलाई शान्तिपूर्ण रूपमा नेपाल फर्कने वातावरण निर्माण गर्न तत्काल आवश्यक कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण