मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा कारागारबाट भागेका थुनुवा पक्राउ

आइतबार, १७ फागुन २०८२, १४ : ५४
आइतबार, १७ फागुन २०८२

काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनमा कारागारबाट भोगका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया पर्साले शनिबार पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा लुकिछिपि बसिरहेको अवस्थामा ३२ वर्षिय सुनिल सहनीलाई पक्राउ गरेको हो । 

प्रहरी निरीक्षक प्रदी पौडेलका अनुसार पक्राउ परेका उनलाई कारागार कार्यालय पर्सा वीरगञ्ज पठाइएको छ । 

लागुऔषध मुद्दामा निर्धारण भएको सजाय काट्दै गर्दा जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धाराबाट उनी भागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप