खामेनीको हत्याबारे रुसी राष्ट्रपति पुटिनले दिए प्रतिक्रिया
सारांश
- रुसी राष्ट्रपति पुटिनले इरानका सर्वोच्च नेता खामेनीको हत्यालाई 'उद्दण्ड हत्या' भनेर टिप्पणी गरेका छन्।
- पुटिनले खामेनीको हत्या मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताएका छन्।
- रुस र इरान लामो समयदेखि रणनीतिक सहयोगी हुन्, र इरानले रुसलाई सैन्य सहयोग गर्दै आएको छ।
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्याबारे प्रतिक्रिया दिएका छन् । शनिबार अमेरिका–इजरायलले इरानमाथि हवाई आक्रमण गरेर सर्वोच्च नेता खामेनीको हत्या गरेको थियाे ।
त्यसकाे एक दिनपछि पुटिनले खामेनीको हत्यालाई ‘उद्दण्ड हत्या’ भन्दै टिप्पणी गरेका हुन् । रुसी राज्य सञ्चार एजेन्सी तासले राष्ट्रपति पुटिनले सो घटनाबारे प्रतिक्रिया दिएको जनाएको छ ।
पुटिनले खामेनीको हत्या मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मापदण्डको उल्लङ्घन हुने गरी भएको बताएका छन् । खामेनीलाई रुसमा विशिष्ट राजनेताका रूपमा स्मरण गरिने पनि उनले उल्लेख गरेका छन् । रुस र इरान लामो समयदेखि रणनीतिक सहयोगीका रूपमा रहँदै आएका छन् ।
इरानले रुसलाई सैन्य सहयोग, ड्रोन र ब्यालिस्टिक मिसाइल प्रदान गर्दै आएको छ भने युक्रेनसँगको युद्धका क्रममा रुसमा ड्रोन बनाउने ठाउँ बनाउन पनि इरानले सहयोग गरेको छ ।
यसअघि रुसी विदेश मन्त्रालयले अमेरिकी–इजरायली आक्रमणलाई अविचारी कदम र अनावश्यक सशस्त्र आक्रमण भन्दै निन्दा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण