शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले डुबायो इरानी युद्धपोत

आइतबार, १७ फागुन २०८२, २१ : ३२
आइतबार, १७ फागुन २०८२

सारांश

  • अमेरिकी सेनाले ओमानको खाडीमा इरानको युद्धपोतलाई डुबाइदिएको दाबी गरेको छ।
  • अमेरिकी सेन्ट्रल कमाण्डले इरानी सशस्त्र बललाई हतियार बिसाउन र कार्यक्षेत्र छाड्न चेतावनी दिएको छ।
  • राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई उद्धृत गर्दै, सेन्ट्रल कमाण्डले सामाजिक सञ्जालमा सन्देश लेखेको छ।

काठमाडाैँ। अमेरिकी सेनाले आइतबार ओमानको खाडीमा इरानको एउटा युद्धपोतलाई डुबाइदिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जारी गरेको विज्ञप्ति अनुसार ओमानको खाडीस्थित चाबाहार बन्दरगाहको एउटा पियर (घाट) मा रहेको इरानी ’जमारन–क्लास कोर्भेट’ युद्धपोतलाई अमेरिकी सैन्य आक्रमणमा नष्ट गरिएको रोयटर्सले जनाएको छ । 

इरानमाथि भइरहेको अमेरिकी सैन्य कारबाहीको नेतृत्व गरिरहेको सेन्ट्रल कमाण्डले इरानी सशस्त्र बललाई तत्काल आफ्ना हतियार बिसाउन र आफ्नो कार्यक्षेत्र छाड्न समेत चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिको सन्दर्भ जोड्दै सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ’राष्ट्रपतिले भन्नुभएझैँ, इरानी सशस्त्र बल, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र प्रहरीका सदस्यहरूले अब आफ्ना हतियारहरू बिसाउनुपर्छ। जहाज छोड्नुहोस्।’

अमेरिकाले इरानको सैन्य शक्तिमाथि लक्षित गर्दै आफ्ना आक्रमणहरूलाई निरन्तरता दिइरहेको समेत समाचारमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप