दुबई, अबुधाबी र दोहामा विस्फोटको आवाज सुनियो
सोमबार, १८ फागुन २०८२, १२ : ३८
दुबई । खाडी क्षेत्रका विभिन्न सहरहरूमा ठुलो विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले बताएका छन् । दुबईमा रहेको सीएनएन टोलीले लगातार दुईवटा ठुलो विस्फोट सुनेको र त्यसपछि आकाशमा लडाकु विमान उडिरहेको देखिएको जनाएको छ ।
कतारको राजधानी दोहामा सीएनएन संवाददाताले बिहान करिब ८ बजे स्थानीय समयमै खिचेको भिडियोमा आकाशमै मिसाइल अवरोध गरिएको जस्तो दृश्य देखिएको छ । टोलीका अनुसार हिजो बिहानपछि पहिलोपटक यति ठुलो मात्रामा प्रक्षपण आएको आवाज सुनिएको हो ।
यस्तै, अबुधाबीमा पनि सीएनएन टोलीले विशाल विस्फोट सुनेको रिपोर्ट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण