कुवेतको तेल रिफाइनरीमा छर्रा खसेर लाग्दा दुई कामदार घाइते
कुवेत सिटी । कुवेतमा सोमाबार एएटा तेल प्रशोधन केन्द्रमा छर्रा लागेको खबर सरकारी समाचार संस्था कुवेत समाचार एजेन्सीले जनाएको छ ।
यस प्रहारमा दुई कामदार सामान्य चोटग्रस्त भएका र उनीहरूलाई अस्पतालमा सामान्य उपचारका लागि स्थानान्तरण गरिएको बताइएको छ । मिना अल‑अहमादी पेट्रोलियम प्लान्टको तेल प्रशोधन केन्द्रमा छर्राले लाग्दा दुईजना कामदार घाइते भएको र उनीहरूलाई हल्का चोटसहित अस्पताल लगिएको कुवेत नेशनल पेट्रोलियम कम्पनीका एक प्रवक्ताले बयानमा भनेका छन् ।
यस घटनाले उत्पादनमा कुनै असर नपरेको र प्रतिष्ठानका संरचना तथा कर्मचारीहरूलाई सुरक्षित राख्न आपतकालीन टोलीहरूले तुरुन्त प्रतिक्रिया जनाएको बताइएको छ । यो केन्द्रमा दैनिक ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन हुन्थ्यो ।
‘घटना लगत्तै आपतकालीन टोलीहरूले आफ्नो कर्तव्य सुरु गरे, द्रुत प्रतिक्रिया योजना सक्रिय पारे र कर्मचारी र सुविधाहरूको सुरक्षा सुनिश्चित गर्न सबै सावधानी अपनाइयो जसले कुनै भौतिक क्षति भएन,’ अल–ओतैबीले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण