सुनको मूल्य आकाशिएपछि चाँदीमा लगानीकर्ताको कीर्तिमानी ओइरो
सारांश
- चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २२ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको छ, जसबाट २ अर्ब २३ करोड राजस्व संकलन भएको छ।
- चाँदीको आयातमा कीर्तिमानी वृद्धि भएको छ, जसले लगानीकर्ताको आकर्षण देखाउँछ र राजस्व २ अर्ब ४० करोड पुगेको छ।
- सुनको मूल्य बढेपनि सुनको आयात बढेको छ, जबकि चाँदीको बढ्दो मूल्य लगानीकर्ताहरूको लागि आकर्षण बनेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँको १२ लाख २० हजार ६३२ ग्राम सुन आयात भएको छ । उक्त परिमाणमा सुन आयात हुँदा २ अर्ब २३ करोड ५४ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै यो अवधिमा कुल २४ अर्ब ९१ लाख ८९ हजार रुपैयाँको ८ करोड २४ लाख ७ हजार ६८९ ग्राम चाँदी आयात भएको छ । उक्त परिमाणमा चाँदी आयात हुँदा २ अर्ब ४० करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
सुनको उच्च मूल्य र लगानीमा रहेको प्रतिबन्धका कारण धेरै लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भएको व्यवसायी बताउँछन् । चाँदीको मूल्यमा भइरहेको तीव्र वृद्धि र थप बढ्ने हल्लाले यसलाई लगानीको एक आकर्षक साधनको रूपमा स्थापित गरेको छ । व्यवसायीका अनुसार अहिले चाँदीको प्रयोग भाँडाकुँडाभन्दा पनि लगानीका लागि ढिक्काको कारोबारका रूपमा बढी भइरहेको छ, जसले यसको माग र आयात बढ्दै गएको देखिन्छ ।
कति आयो सुन चाँदी ?

स्रोतः भन्सार विभाग
चाँदीको माग बढेपछि आयात बढ्यो
चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो सात महिनामा चाँदीको आयातमा कीर्तिमानी वृद्धि भएको छ । जसले नेपाली बजारमा चाँदीप्रति लगानीकर्ताको आकर्षण देखिएको पुष्टि गर्दछ । भन्सार विभागको तथ्यांकअनुसार सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ माथि पुगेका बेला पनि चाँदीमा लगानी गर्ने क्रम तीव्र बनेको देखिएको छ ।
चाँदीको आयात मूल्य तथा परिमाणका हिसाबले विगतका सबै रेकर्ड तोडिएको छ ।
माघ मसान्तसम्ममा अवधिमा कुल २४ अर्ब ९१ लाख ८९ हजार रुपैयाँको ८ करोड २४ लाख ७ हजार ६८९ ग्राम चाँदी आयात भएको छ । उक्त परिमाणमा चाँदी आयात हुँदा २ अर्ब ४० करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसमध्ये १५ अर्ब २० करोड ६३ लाख ७१ हजार रुपैयाँको ४ करोड ९२ लाख ३० हजार ८३४ ग्राम प्लेटिनमले जलप लगाएको चाँदी, ३३ करोड ८८ लाख २८ हजार रुपैयाँको १५ लाख ४० हजार ३३५ चाँदी र ८ अर्ब ४६ करोड ३९ लाख ९० हजार रुपैयाँको ३ करोड १६ लाख ३६ हजार ५२० ग्राम धुलो चाँदी आयात भएको उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ४९ लाख ७७ हजार रुपैयाँको २ करोड ९१ लाख ५९ हजार ५९५ ग्राम चाँदि आयात भएको थियो । उक्त परिमाणमा चाँदी आयात हुँदा ४६ करोड २४ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको उल्लेख छ ।
यसमध्ये २ अर्ब ७५ करोड ३५ लाख ३२ हजार रुपैयाँको २ करोड ४८ हजार ८२ ग्राम चाँदीको धुलो आयात भएको थियो । यस्तै १ अर्ब २५ करोड १० लाख १५ हजार रुपैयाँको ९१ लाख १० हजार ग्राम प्लेटिनमले जलप लगाएको चाँदी आयात भएको थियोभने ४ लाख ३१ हजार रुपैयाँको १ हजार ५१३ ग्राम चाँदी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
सुनको मूल्य बढ्दा पनि आयात बढ्यो
सुनको मूल्य उच्च वृद्धि हुँदा पनि आयातभने घट्न सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँको १२ लाख २० हजार ६३२ ग्राम सुन आयात भएको छ । उक्त परिमाणमा सुन आयात हुँदा २ अर्ब २३ करोड ५४ लाख २१ हजार रुपैयाा राजस्व संकलन भएको छ ।
कुल आयातमध्ये २१ अर्ब २० करोड ७ लाख ९८ हजार रुपैयाँको रुपैयाँको ११ लाख ५४ हजार ११३ ग्राम काँचो सुन आयात भएको भने १ अर्ब १४ करोड ६ लाख ८० हजार रुपैयाँको ६६ हजार ५१९ ग्राम सुनका गरगहना आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ३३ करोड ७२ लाख १६ हजार रुपैयाँको १० लाख ५२ हजार ७१२ ग्राम सुन आयात भएको थियो । उक्त परिमाणमा सुन आयात हुँदा १ अर्ब ४९ करोड २९ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसमध्ये १० अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँको ८ लाख ८७ हजार ३२८ ग्राम काँचो सुन र १ अर्ब ८८ करोड २२ लाख ९४ हजार रुपैयाँको १ लाख ६५ हजार ३८४ ग्रामका गरगहना आयात भएको उल्लेख छ ।
यस वर्ष सुनको मूल्य अत्यधिक बढे पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुन आयातको कुल मूल्य करिब १० अर्ब रुपैयाँले बढेको छ भने परिमाण पनि करिब १ लाख ६७ हजार ९ सय २० ग्रामले वृद्धि भएको छ । यसले उच्च मूल्यका बाबजुद बजारमा सुनको माग उच्च रहेको स्पष्ट देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण