निर्वाचनसम्बन्धी सबै नतिजा रातोपाटीबाटै हेर्न सकिने
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम सम्बन्धी सबै अपडेट र नतिजा रातोपाटीबाटै हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि रातोपाटीको प्रकाशक संस्था रातोपाटी न्युज नेटवर्कले निर्वाचन विशेष पोर्टल election.ratopati.com यसअघि नै तयार पारिसकेको छ ।
जहाँ प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनसम्बन्धी सबै जानकारी एकैठाउँमा उपलब्ध रहनेछ । मतदान सम्पन्न भएर मतगणना सुरु भएपछि आधिकारिक अपडेट र नतिजा एकैठाउँमा उपलब्ध रहनेछ ।
लामो तयारीपछि सञ्चालनमा ल्याइएको पोर्टल पाठकमैत्री रहेको छ भने पोर्टलमा उम्मेदवार, राजनीतिक दल, हट सिट र चर्चित उम्मेदवारको विवरणलाई व्यवस्थित गरेर प्रस्तुत गरिएको छ ।
यस्तै चर्चित उम्मेदवारहरूबारे जानकारीका साथै अधिकांश राजनीतिक दलहरूको संक्षिप्त चिनारी पनि राखिएको छ । यसबाहेक प्रदेश र जिल्लागत मतदाता, आवश्यक नक्सा, अघिल्लो निर्वाचनको नतिजासहित निर्वाचनसँग सम्बन्धित नतिजा पोर्टल उपलब्ध रहेको छ ।
यस्तै निर्वाचन पोर्टलमै निर्वाचनसम्बन्धी सबै समाचार पनि उपलब्ध रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण