कहाँ हुँदैछ कास्कीको मतगणना ?
बिहीबार, २१ फागुन २०८२, १९ : १३
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
पोखरा । मतदान सकिएसँगै कास्कीका तीनै क्षेत्रमा मतपेटिका संकलन धमाधम भइरहेको छ ।
निर्वाचन कार्यालयले क्षेत्र नम्बर १ को गणना पोखरा १२ को वडा कार्यालयमा गर्ने तयारी गरेको छ ।
यस्तै क्षेत्र नम्बर २ को गणना ड्यामसाइडस्थित सिँचाइ डिभिजन कार्यालय र क्षेत्र नम्बर ३ को मालेपाटनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमै मतगणना हुनेछ ।
अब केहीबेरभित्रै सबै मटपेटिका सम्बन्धित गणनास्थलमा संकलन भइसक्ने मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिए ।
उनले राजनीतिक दलहरूबिच सहमति भए आजै गणना सुरु गर्ने बताएका छन् ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थल तोकिएको छ भने सुरक्षाका लागि सीसीटीभी र तारजालीको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण