टी–२० विश्वकपः फाइनल प्रवेशका लागि भारतले इंग्लयाण्डलाई दियो २५४ रनको लक्ष्य
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले इंग्ल्याण्डसामु २५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
विश्वकपको दोस्रो सेमिफाइनल खेल अन्तर्गत भारत र इंग्ल्याण्ड फाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । यो खेलको विजेता टिमले फाइनलमा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २५३ रन बनाएको हो । भारतका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८९ रन बनाएका थिए । उनले ४२ बलको सामना गर्दै ८ चौका र ७ छक्का प्रहार गरेका थिए ।
यस्तै शिवम दुवेले ४३ र इशान किशनले ३९ रनको योगदान गरे । हार्दिक पाण्ड्याले १२ बलमा २७ रन बनाए ।
इंग्ल्याण्डका बलरले खासै प्रभाव देखाउन सकेनन् । जोफ्रा आर्चरले चार ओभरमा ६१ रन दिएर एक विकेट हासिल गरे भने साम करनले चार ओभरमा ५३ रन दिए । आदिल रसिदले चार ओभरमा ४१ रन दिएर दुई विकेट हात पारे । विल ज्याक्सले चार ओभरमा ४० रन दिएर दुई विकेट लिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण