अमेरिकी सेनालाई इरानमा पठाउनु समयको बर्बादीः ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा स्थल सेना पठाउने कुनै योजना नरहेको बताए।
- ट्रम्पले इरानको वर्तमान नेतृत्व परिवर्तन गर्न चाहेको र राम्रो नेता चाहिएको बताए।
- इरानका विदेशमन्त्रीको टिप्पणीलाई बेवास्ता गर्न लायक भएको ट्रम्पले बताए।
वासिङ्टन डिसी । अहिले इरानमा अमेरिकी स्थल सेना पठाउने कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यस्तो कदम ‘समयको बर्बादी’ हुने उनले बताएका छन् । एनबीसी न्यूजसँग बिहीबार गरेको अन्तर्वार्तामा ट्रम्पले भने, ‘अहिले त्यहाँ सेना पठाउनु समयको बर्बादी हो । उनीहरूले सबै कुरा गुमाइसकेका छन् । उनीहरूले आफ्नो नौसेना गुमाइसके, गुमाउन बाँकी केही छैन ।’ यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिका वा इजरायलको सम्भावित स्थल आक्रमणका लागि तयार रहेको बताएका थिए ।
ट्रम्पले भने अराघचीको त्यो टिप्पणीलाई बेवास्ता गर्न लायक भएको बताए । ट्रम्पले इरानको वर्तमान नेतृत्व संरचना परिवर्तन गर्नुपर्ने पनि बताएका छन् । उनले भने, ‘हामी अहिलेको नेतृत्व संरचना सफा गर्न चाहन्छौँ । इरानलाई राम्रो नेता चाहिन्छ। मेरो दिमागमा केही मानिस छन् जो राम्रो काम गर्न सक्छन् ।’ उनले भने । तर कसलाई सम्भावित नयाँ नेतृत्वका रूपमा सोचिरहेका छन् भन्ने कुरा चाहिँ उनले खुलाएनन् । इरान युद्धमा ती मानिसहरू बाचुन् भन्ने सुनिश्चित गर्न कदम चालिरहेको पनि उनले बताए । ‘हामी उनीहरूलाई हेरिरहेका छौँ, हो,’ उनले भने । बिहीबार एक्सियोससँगको अर्काे अन्तर्वार्तामा ट्रम्पले इरानको नयाँ सर्वोच्च नेताको नियुक्तिमा संलग्न हुनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ता र कालापानी नेपालकै हो : परराष्ट्रमन्त्री
-
मेस्सी, एम्बाप्पे र हालान्डलाई १३ गोलको ऐतिहासिक कीर्तिमान तोड्ने अवसर
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
-
युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण