बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सुस्ता र कालापानी नेपालकै हो : परराष्ट्रमन्त्री

बुधबार, १७ असार २०८३, १४ : ४९
बुधबार, १७ असार २०८३

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले सुस्ता र कालापानी नेपालको अभिन्न अङ्ग रहेकोमा सरकार प्रस्ट रहेको बताएका छन् ।
  • उनले १८१६ को सुगौली सन्धिले सीमा निर्देशित गरेको र सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको बताए ।
  • मन्त्री खनालले सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका लागि सचेत रहेको बताए ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सुस्ता र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग रहेको कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सुस्तामा नारायणी नदीको तटबन्ध निर्माणमा भारतीय सीमा सुरक्षा बलले पुर्‍याएको अवरोध र सीमा विवाद समाधानका योजनाबारे गरेको प्रश्नमा परराष्ट्रमन्त्री खनालले त्यस्तो बताएका हुन् ।

सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन उनले ताए ।  खनालले भने, ‘नेपाल र भारतबिच १८१६ को सुगौली सन्धिले नै सीमा निर्देशित गरेको छ । सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ ।’

सुस्ताको तटबन्ध निर्माणमा भारतीय पक्षले आपसी समन्वय गरेर मात्र काम अघि बढाउन आग्रह गरेको र सोही कारण केही समय काम रोकिएको मन्त्री खनालले स्वीकारे ।

 ‘हामी प्रस्ट छौँ कि ती भूभागहरू नेपालका हुन् र हामीसँग यसका ऐतिहासिक प्रमाण, नक्सा र आधारहरू छन्,’ मन्त्री खनालले भने, ‘सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ ।’

मन्त्री खनालले राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका लागि सरकार सचेत रहेको र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित तवरले अघि बढाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप