आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा निर्वाचन-२०८२

कर्णालीको राजधानी समेत रहेको सुर्खेत-२ मा रास्वपाको जबरजस्त अग्रता

शुक्रबार, २२ फागुन २०८२, २१ : १२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
  • सुरुमा कांग्रेस र एमालेले अग्रता लिए पनि पछिल्लो समय रास्वपाका रमेशकुमार सापकोटाले अग्रता कायम राखेका छन्।
  • एमाले र कांग्रेसको किल्ला मानिएको क्षेत्रमा रास्वपाले राम्रो मत ल्याइरहेको छ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त अग्रता लिइरहेको छ । मतगणनाको सुरूमा नेपाली कांग्रेस र त्यसपछि नेकपा एमालेले यहाँ अग्रसरता कायम गरेका थिए । तर पछिल्लो तीन घण्टादेखि भने रास्वपाका रमेशकुमार सापकोटाले कांग्रेस-एमालेलाई अचम्मित पार्दै लिड गरिरहेका छन् ।

मुख्य निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार १३ हजार ७४३ मतगणना गर्दा सापकोटाले ४ हजार २५४ मत पाएका छन् । एमालेका कुलमणि देवकोटाले ३ हजार ३४२ मतसहित दोस्रो, ३ हजार ३३३ मतसहित कांग्रेसका नारायण कोइराला तेस्रो नम्बरमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झकबहादुर मल्लले १ हजार ५४३ मत पाएका छन् भने अन्य साना राजनीतिक दलहरुले ५०० मत कटाउन सकेका छैनन् । 

रोचक पक्ष के छ भने एमाले-कांग्रेसको बलियो किल्ला मानिएको यो क्षेत्रमा उक्त दलहरूले रास्वपालाई प्रतिस्पर्धी नै मानेका थिएनन् । वीरेन्द्रनगरको सिटी हलमा मतगणना स्थल बाहिर रहेका एक एमाले समर्थकले भने अचम्मित तरिकाले रास्वपाको मत आयो । हालसम्मको गणना अनुसार कांग्रेसकै सबैभन्दा धेरै मत रहेको पञ्चपुरी नगरपालिकाका धेरैजसो वडामा रास्वपाको मत अगाडि देखियो ।

एमाले उम्मेदवार देवकोटाले राजधानी वीरेन्द्रनगर आएपछि एमालेले अग्रता लिने जिकिर गरिरहेका छन् । तर सहरी क्षेत्रमा मतगणना हुँदा रास्वपाले मतान्तर अझै बढाउने देखिन्छ । रास्वपाका उम्मेदवार सापकोटा पूर्व कांग्रेसी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप