ओलीलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पारे बालेनले
शुक्रबार, २२ फागुन २०८२, २३ : २८
झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली १४ हजारभन्दा बढी मतान्तरले पछि परेका छन् ।
जारी मतगणनाको पछिल्लो विवरण अनुसार ओलीले ४ हजार ४४२ मत प्राप्त गरेका छन् ।
झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहले १८ हजार ८४३ मतसहित अग्रता लिएका हुन् । मत गणना अघि बढ्दै गर्दा बालेनको अग्रता पनि निरन्तर बढ्दो देखिएको छ ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ दुई हजार ९१ मतसहित तेस्रो स्थानमा छन् । यस्तै नेपाली कांग्रेसकी मंधरा चिमरियाले ५८९ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले ४९६ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण