सुदूरपश्चिमका ९ क्षेत्रमा रास्वपाको अग्रता, अन्यमा को अगाडी ?
शनिबार, २३ फागुन २०८२, ०४ : २९
सारांश
- सुदूरपश्चिमका ९ स्थानमा रास्वपाले अग्रता लिएको छ।
- एमाले र कांग्रेसले ३/३ स्थानमा तथा नेकपाले १ स्थानमा सुरुवाती अग्रता लिएका छन्।
- कञ्चनपुर, कैलाली, डडेलधुरा र बैतडीमा रास्वपाले अग्रता कायम गरेको छ।
धनगढी । सुदूरपश्चिममा ९ ठाउँमा रास्वपाले अग्रता लिएको छ । यस्तै एमाले र कांग्रेसले ३/३ र नेकपाले १ ठाउँमा मात्रै सुरुवाती अग्रता लिएको छ।
प्रदेशका १६ वटा निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म रास्वपाले कञ्चनपुरका तीन, कैलालीका १, ३, ४, र ५ मा पनि अग्रता लिएको छ ।
यस्तै, रास्वपाले डडेलधुरा र बैतडीमा पनि अग्रता लिएको छ ।
कैलाली–२, अछाम–२ र बझाङमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । यस्तै, मतगणना जारी रहेको दार्चुला, बाजुरा, डोटीमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
अछाम–१ मा भने नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण