अछाममा नेकपा र एमालेको अग्रता, घन्टी निकै पछाडि
धनगढी । अछामका दुवै निर्वाचन क्षेत्रमा नेकपा र एमालेले सुरुवाती अग्रता कायम राखेका छन् भने रास्वपाका उम्मेदवारहरू निकै पछि परेका छन् ।
अछाम क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो परिणामअनुसार डा. भीम रावलले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा झिनो मतान्तरले अग्रता लिएका छन् । तारा चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेका डा. रावलले ५,४५३ मत प्राप्त गर्दै शीर्ष स्थानमा छन्, उनलाई नेकपा एमालेका उम्मेदवार दीपक साउदले कडा टक्कर दिइरहेका छन् । साउदले हालसम्म ५ हजार २५८ मत प्राप्त गरेका छन्। रावल र साउदबिचको मतान्तर १९५ मात्र रहेको छ। उनीहरुबिच प्रतिस्पर्धा निकै रोचक छ ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वार ४ हजार ५२० मतसहित तेस्रो स्थानमा रहेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव भने अछाम–१ मा कमजोर देखिएको छ । रास्वपाका उम्मेदवार ओमप्रकाश रावल सुरुवाती चरणको गणनामा निकै पछाडि परेका छन् । उनले हालसम्म मात्र ७७५ मत प्राप्त गरेका छन् । जुन मुख्य प्रतिस्पर्धीहरूको तुलनामा निकै कम हो ।
यस्तै अछाम–२ मा पनि रास्वपा पछि छ। यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञ बोगटीले सुरुवाती अग्रता लिएका छन्। कांग्रेसका पुष्प शाह दोस्रो र तेस्रोमा रास्वपाका भुपेन शाह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण