म्याग्दीमा महावीर पुन विजयी, औपचारिक घोषणा हुन मात्र बाँकी
सारांश
- म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले जित सुनिश्चित गरेका छन्।
- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनले प्रतिस्पर्धीलाई १२ हजारभन्दा बढी मतले पछि पारेका छन्।
- अझै अन्नपूर्ण गाउँपालिकाको केही मत गन्न बाँकी छ।
म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुनको जित पक्का भएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीस्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारी छ ।
मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले २० हजार २०८ मत सहित अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा १२ हजारभन्दा बढी मत ल्याएका छन् । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण