कोशीमा रास्वपा १५ क्षेत्रमा अगाडि, श्रम संस्कृति, एमाले र कांग्रेसको अवस्था के छ ?
सारांश
- कोशी प्रदेशमा एमालेको दबदबा पहिलेको निर्वाचनमा जस्तो यसपटक देखिएन।
- एमालेले ताप्लेजुङ, इलाम र धनकुटामा अग्रता कायम राखेको छ, तर अन्य क्षेत्रमा पछि परेको छ।
- रास्वपा र श्रम संस्कृति पार्टीले विभिन्न क्षेत्रमा राम्रो प्रदर्शन गरेका छन्, केही सिट जितेका छन्।
विराटनगर । अघिल्ला निर्वाचनहरूमा कोशी प्रदेशमा एमालेकै दबदबा रहने गरेको थियो । पछिल्लो निर्वाचन २०७९ मा पनि कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १३ वटामा एमालेले जितेको थियो ।
त्यसबेला एमालेले ताप्लेजुङ, पाँचथरसहित इलामको दुईवटै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्यो । झापामा २, ४ र ५ नम्बर क्षेत्रमा विजयी भयो । मोरङमा २ नम्बर निर्वाचन क्षेत्र, सुनसरीमा २ र ३ नम्बर निर्वाचन क्षेत्रमा विजयी भयो । यस्तै धनकुटा, सोलुखुम्बु निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार विजयी भए । एमालेले समग्र प्रदेशमा १३ वटा निर्वाचन क्षेत्रमा विजयी बनेको थियो ।
यस पटक एमालेले देशभरबाट १ वटा क्षेत्रमा विजयी हुँदा १० वटामा अगाडि छ । त्यसमध्ये ३ वटा निर्वाचन क्षेत्र भने कोशीकै छन् । यसअघि जितेको ताप्लेजुङमा यस पटक पनि एमालेका क्षितिज थेबे अगाडि छन् । उनलाई काँग्रेसका गजेन्द्रप्रसाद तुम्याङले पछ्याइरहेका छन् । यस्तै इलामको २ मा एमालेका सुहाङ नेम्वाङ अगाडि छन् । उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले पछ्याइरहेका छन् । इलाम २ पनि यसअघि एमालेले नै जितेको थियो । यस्तै धनकुटामा एमालेका राजेन्द्र राई अगाडि छन् । उनलाई पनि श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछ्याइरहेका छन् । राजेन्द्र राईले धनकुटामा यसअघि दुई पटक लगातार जितेका थिए ।
एमालेले यसअघि जितेका झापाका ३ सिट, मोरङको १, सुनसरीको २ सिट, भोजपुर, उदयपुर २ र पाँचथरमा गुमाउनसक्ने देखिएको छ । संखुवासभाको भने प्रारम्भीक मतपरिणाम अझै आउन सकेको छैन । यस्तै एमालेले यसअघि जितेको सोलुखुम्बुमा पनि यस पटक निक्कै पछि छ ।
उता, काँग्रेसले विगतमा जितेको मोरङको ३ र ६ नम्बर निर्वाचन क्षेत्र, उदयपुरको १ मा पछि परेको छ । काँग्रेस भने सोलुखुम्बु र ओखलढुंगामा अगाडि छ । उता, तत्कालीन नेकपा (माओवादी)सहित धेरैवटा पार्टी मिलेर बनेको हालको नेपाली कम्युनिस्ट पार्टीले संख्यामा विगतको ३ सिट जोगाउन नसक्ने देखिएको छ ।
हालसम्म घोषणा भएका तीनवटा निर्वाचन क्षेत्रमध्ये मोरङको ४ र ५ रास्वपाले क्रमशः सन्तोष राजवंशी र आशा झाले जितिसकेका छन् । मोरङ ४ मा यसअघि नेकपाका अमनलाल मोदीले जितेका थिए भने ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले जितेका थिए । यस्तै तेह्रथुममा भने काँग्रेसले आफ्नो विरासत जोगाएको छ । त्यहाँबाट काँग्रेसका सन्तोष सुब्बा विजयी बनेका छन् । यसअघि त्यहाँबाट काँग्रेसकी सीता गुरुङ निर्वाचित बनेकी थिइन् ।
यस्तै हर्कराज राईको श्रम संस्कृति पार्टी पाँचथर, भोजपुर, खोटाङ र इलाम १ मा अगाडि छ । रास्वपा भने झापाका ५, मोरङको ६, सुनसरीको ४ र उदयपुरको २ गरी १७ वटै निर्वाचन क्षेत्रमा अगाडि छ । यसअघि १ वटा निर्वाचन क्षेत्र जितेको राप्रपाले भने झापा निर्वाचन क्षेत्र ३ पनि गुमाउने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण