देवप्रसाद तिमल्सिना : वाम गठबन्धनलाई थेगे, रास्वपाको लहरलाई सकेनन्
काठमाडौं । तेस्रोपटक संसदीय यात्राका लागि चुनावी प्रतिस्पर्धामा रहेका देवप्रसाद तिमल्सिना पराजित भएका छन् । रौतहट–४ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका तिमल्सिना तेस्रोपटकको प्रतिस्पर्धामा पराजित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तिमिल्सना राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलसँग २१ हजार ११ मतान्तरसहित पछाडि रहे । पौडेलले ३६ हजार ८७६ मत पाउँदा तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरेका थिए।
यो निर्वाचन क्षेत्रलाई परम्परागत रुबपमा काँग्रेसको गढ मानिन्थ्यो । २०७४ सालमा भएको संसदीय निर्वाचनमा तत्कालिन वाम (एमाले र माओवादी) गठबन्धन हुँदा कांग्रेसले २३ सिटमात्र जित्दा समेत यो क्षेत्रबाट जित निकालेको थियो । त्यतिबेला तिमल्सिनाले २८ हजार २२८ मत प्राप्त गर्दै विजय हासिल गरेका गर्दा एमालेका वंशिधर मिश्रले २३ हजार ६ मत प्राप्त गरेका थिए ।
२०७९ को निर्वाचनमा तिमल्सिनाले मतान्तर थवप बढाए । उनले ३४ हजार १६१ मत पाउँदा एमाले उम्मेदवार उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरेका थिए ।
यसपटक भने रास्वपाको लहरलाई उनले थेग्न सकेनन् । उनी भारी मतान्तरसहित पराजित गरेका हुन् । कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक मूल्यको संरक्षण तथा मधेश क्षेत्रको विकासका विषयमा उनले सक्रिय भूमिका खेल्दै आएका थिए । संसदमा उनले आर्थिक विकास, व्यापार, पूर्वाधार तथा जनजीविकासँग सम्बन्धित मुद्दा उठाउने व्यक्तिको रुपमा परिचित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण