पर्सा–४ मा रास्वपाका टेकबहादुर शाक्य विजयी
शनिबार, २३ फागुन २०८२, २३ : ०७
सारांश
- रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य पर्सा-४ मा विजयी भएका छन्।
- शाक्यले कांग्रेसका रमेश रिजाललाई १५ हजार ४ सय ७२ मतले पराजित गरे।
- निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाक्यले २८ हजार ६ मत प्राप्त गरे।
वीरगन्ज । पर्सा–४ मा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन् । रास्वपाका उम्मेदवार शाक्य कांग्रेसका रमेश रिजाललाई १५ हजार ४ सय ७२ मतले पराजित गर्दै विजयी भएका हुन् ।
शाक्यले कुल २८ हजार ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी रमेश रिजालले भने १२ हजार ५ सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी एमालेका जालिम मियाँ मन्सुरीले भने १२ हजार १ सय ४५ मत प्राप्त गरेका छन् । पर्सा– ४ मा रहेको कुल ९५ हजार २ सय १३ मतदातामध्ये ६४ हजार ९सय ६७ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण