३६ वर्षदेखि कांग्रेसले जितेको नवलपुर-१ मा रास्वपाका राजनले मारे बाजी
सारांश
- नवलपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले कांग्रेसलाई पराजित गर्दै चुनाव जिते।
- गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गर्दा कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत ल्याए।
- यो क्षेत्रमा २०४८ सालदेखि कांग्रेसले जित्दै आएकोमा यसपटक रास्वपा विजयी भयो।
पोखरा । ३६ वर्षदेखिको हरेक चुनाव जित्ने कांग्रेस नवलपुर १ मा यसपालि पराजित भएको छ । काँग्रेसको अभेद्य किल्ला तोडेर राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम विजयी भएका छन् । अघिल्लै चुनावमा डा। शशाङ्क कोइरालालाई टक्कर दिएका गौतमले अहिले कुनैपनि उम्मेदवारले भेट्नै नसक्ने गरी अग्रता लिए । अन्तमा: ठुलो मतान्तरले चुनाव जिते ।
गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत पाएका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार भागिरथ सापकोटा ९ हजार १ सय ३१ मतमा खुम्चिएका छन् । अरु उम्मेद्वारको मत सम्झनलायक भएन । यो क्षेत्र २०४८ सालदेखि सधैँ नेपाली काँग्रेसले जित्दै आएको हो ।
पछिल्लो ४ पटकको चुनाव नेता डा शशाङ्क कोइरालाले जिते । २०६४, २०७०, २०७४ र २०७९ मा कोइराला विजयी भएका थिए । एउटै व्यक्तिलाई टिकट दिएको भन्दै गुनासो गर्ने काँग्रेसीहरु पछिल्लो समय रास्वपा प्रवेशको लहर नै चलेको थियो । तर, यसपालि टिकटमा क्रमभंगता भयो । काँग्रेसीहरु उत्साही थिए । नयाँलाई टिकट दिएपछि जित निकाल्ने आकलन गरेका उनीहरु निरास त्यतिबेला भए, जतिबेला पहिलो गणनाको रिजल्ट भयो ।
काँग्रेसको गढ, पालिका नै चुनाव जितेको गैँडाकोटबाट नै घिमिरेको लज्जास्पद हार भयो । अन्ततः अरु दलहरुको सबै जोड्दा पनि गौतमको मतलाई भेटाउन सक्ने अवस्था बनेन । नेपाली कांग्रेसले यसलाई लहरको असर भनेको छ । त्यसबाहेक आन्तरिक समस्या पनि रहेको नेताहरूले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण