सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण
सारांश
- सर्लाहीको बलरा नगरपालिकामा कांग्रेस नेता डा. कमलेश्वर सिन्हामाथि अज्ञात समूहले आक्रमण गरेको छ।
- आक्रमण डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियोमा सवार हुँदा भएको थियो।
- कांग्रेसले आक्रमणको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदका समर्थकहरूलाई लगाएको छ।
सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।
आइतबार दिउँसो करिब १२ः १० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय नेता नवीन कुशहवाले जानकारी दिए ।
डा.सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको हो । कांग्रेसले सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहका समर्थकले आक्रमण गरेको जनाएको छ ।
आक्रमणबाट घाइते भएका डा.कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसले जनाएको छ। घटनाप्रति कांग्रेस सर्लाही–४ ले आपत्ति जनाएको छ । प्रहरीले भने यो विषय सञ्चारमाध्यममा आए पनि औपचारिक रूपमा जानकारीमा नआएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण