सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
मतपरिणाम

७६ लाख समानुपातिक मत गन्दा कसले कति पाए ?

सोमबार, २५ फागुन २०८२, ०६ : ०६
सोमबार, २५ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी छ, जसमा ७५ लाख ९१ हजार १३ मत गणना गरिएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ, जुन कूल सदरमतको ४८.४६ प्रतिशत हो।
  • नेपाली कांग्रेस, नेकपा एमाले, र अन्य दलहरूले पनि मत प्राप्त गरेका छन्, जसमा कांग्रेस दोस्रो स्थानमा छ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.४६ प्रतिशत हो । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.११ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ३९ हजार ५२९ मत छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत पाएको छ । यो कूल सदर मतको ३.४१ प्रतिशत हो ।

श्रम संस्कृति पार्टीले पनि ३.१८ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ४१ हजार १६५ मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप