अपडेट
सेयर बजारमा तेस्रो सर्किट, दिनभरका लागि कारोबार बन्द
सोमबार, २५ फागुन २०८२, १२ : १५
सारांश
- सेयर बजारमा कारोबार सुरु भएलगत्तै तेस्रो सर्किट लागेको छ, जसका कारण दिनभरको कारोबार बन्द भएको छ।
- बजार आज १६२.९३ अंकले बढेर २८७५.४३ अंकमा पुगेको छ, जसमा २५३ कम्पनीको मूल्य बढेको छ।
- आज जम्मा २ मिनेट मात्र कारोबार भयो, र ५१ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
काठमाडौँ । सेयर बजारमा तेस्रो सर्किट लागेको छ । आज कारोबार खुले लगत्तैको ४ प्रतिशतले बढेर २० मिनेटका लागि रोकिएको बजार फेरि खुलेपछि थप १ प्रतिशतले बढेपछि अर्को सर्किट लागेको थियो । योसँगै बजार ४० मिनेट बन्द भएको थियो ।
यसपछि खुलेको बजार एक मिनेटभन्दा कम समयमा थप १ प्रतिशत बढेपछि तेस्रो सर्किट लागेको हो । योसँगै आज दिनभरका लागि कारोबार बन्द भएको छ ।
आज बजार १६२.९३ अंकले बढेर २८७५.४३ अङ्कमा पुगेको छ । बजारमा आज २५३ कम्पनीको मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिलको मूल्य मात्रै घटेको छ ।
आज बजारमा मुस्किलले २ मिनेट मात्रै कारोबार भयो । यो अवधिमा ५१ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण