धनुषा–१
धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका यादव विजयी घोषित
सोमबार, २५ फागुन २०८२, २१ : ३१
काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
विवादका बिच यादवलाई विजयी घोषणा गरिएको हो ।
यहाँ रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो । यद्यपि निर्वाचनमा रास्वपालाई अत्यधिक मत आएपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।
यादवले ७ हजार ४ सय २८ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत ल्याए । यद्यपि रास्वपाका उम्मेदवार साहले २०९१६ मत ल्याए पनि निर्वाचनअघि नै उम्मेदवारी खारेज भएपछि आयोगले त्यसको गणना नगरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण