देशका विभिन्न ठाउँमा वर्षा
सारांश
- आज देशका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भयो।
- मौसम विभागका अनुसार, नवलपरासीमा सबैभन्दा बढी वर्षा भयो।
- भोलि कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने सम्भावना छ।
काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम पुनः बदली भई आज (आाइतबार) विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार ३६ मिलिमिटरसम्म वर्षा भएको छ । बदली अझै केही दिन कायम रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् ।
विभागको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा आज सबैभन्दा बढी वर्षा नवलपरासी बर्दघाटपूर्वमा ३६ दशमलव छ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए । उनका अनुसार नवलपरासी पश्चिममा २८ दशमलव चार, तनहुँमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
रुपन्देही काठमाडौँ, सिन्धुपाल्चोक, कास्की, म्याग्दी, बागलुङ र डोल्पामा पाँच मिलिमिटरभन्दा कम वर्षा भएको जनाउँदै कायस्थले पूर्व धनकुटामा पाँच दशमलव दुई मिलिमिटर वर्षा भएको उल्लेख गरे ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज साँझ बुलेटिन जारी गरी आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेशको थोरै स्थानमा र कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ । मङ्गलबार देशभर साधारणतया बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ । बुधबार पनि बदली कायम रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण