गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी
सारांश
- गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी हुँदा लाखौंको क्षति भयो।
- आगलागी डेन्टल उपकरणको कम्प्रेसरमा सर्ट भएर सुरु भएको थियो।
- आगलागीबाट मानवीय क्षति नभएको अस्पतालले जनायो।
सप्तरी । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपिडी सेवा र ‘रेकर्ड’ कोठामा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ ।
डेन्टल विभागका डा दिपाली झाका अनुसार यहाँ उपचारका लागि आएको बिरामीलाई अस्पतालमा उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर तल आगो लागेको हो । सो क्रममा यहाँ रहेका अरु डेन्टल उपकरणमा बिस्तारै आगो लागेर फैलिएको उनले जानकारी दिइन् ।
अस्पतालका अनुसार आगलागीबाट तीन थान डेन्टल उपकरण, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा पङ्खा पूर्ण रूपमा जलेर नष्ट भएका मेडिकल सुपरिडेन्ट अवधेशकुमार मिश्राले जानकारी दिए । अन्य थप उपकरणसहित करिब रु २५ लाखभन्दा बढीको क्षति भएको उनले बताए ।
साथै ओपिडी रेकर्डका रूपमा रहेका कागजातहरू जलेर नष्ट भएका छन् । आयोगलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी, सशस्त्र प्रहरी नेपाली सैन तथा स्थानीय र राजविराजबाट गएको वारुणयन्त्रले आगो निभाएका थिए । यो आगलागीबाट कुनै मानवीय क्षति भने नभएको अस्पतालले जनाएको छ ।
यसैबिच, अस्पतालमा आगलागी भएको घटना बुझ्न साथ हिजो मात्र सप्तरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामजी यादवले आगलागीबाट भएको क्षति विवरणबारे जानकारी लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण