न्यायाधीशहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेका छन् : सपना प्रधान मल्ल
मङ्गलबार, २६ फागुन २०८२, १७ : ०९
काठमाडाैँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।
न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउने प्रयास गरिरहेको बताइन् । उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पारिन् ।
न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन् ।
न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाईं सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण