कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धको प्रभाव फैलिँदै जाँदा बिहीबार बिहान कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेतको नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार कयौँ ड्रोनले विमानस्थल क्षेत्रलाई लक्षित गर्दा केही संरचनामा भौतिक क्षति पुगेको छ । सरकारी समाचार एजेन्सी केयूएनएले सार्वजनिक गरेको वक्तव्य अनुसार आक्रमणबाट कुनै मानवीय क्षति भने भएको छैन।
सुरक्षा कारणले विमानस्थलले यसअघि नै व्यावसायिक उडानहरू स्थगित गरेको थियो भने कुवेतको आकाशमार्ग पनि अस्थायी रूपमा बन्द गरिएको छ । यो घटना मध्यपूर्वमा बढ्दो तनावको बीच भएको हो ।
इरानले हालै क्षेत्रका ऊर्जा संरचनाहरूलाई लक्षित गर्दै प्रतिकारात्मक आक्रमणहरू तीव्र पारेको बताइएको छ । त्यस क्रममा इराकी जलक्षेत्रमा रहेका दुई विदेशी तेल ट्यांकरमाथि पनि हमला गरिएको खबर आएका थिए ।
ओमानमा इन्धन भण्डारण ट्याङ्कमा आगलागी भएपछि आपत्कालीन टोलीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् । बहराइनले पनि बिहीबार बिहानै आफ्नो देशका इन्धन ट्याङ्कहरूलाई लक्षित गर्दै इरानी आक्रमण भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण