इनिशा मृत्यु प्रकरण : न्याय नमिले शव नबुझ्ने परिवारको घोषणा
सारांश
- सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा परिवारले न्यायको माग गर्दै शव बुझ्न मानेका छैनन्।
- किशोरी शनिबार मृत अवस्थामा फेला परेकी थिइन्, र परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाएका छन्।
- प्रहरीले घटनाको शंकामा केही बालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ, परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकका परिवारले न्याय नपाए शव नबुझ्ने घोषणा गरेका छन् । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिशा शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–४, को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उनको शव अहिले अस्पतालको शव गृहमा छ । हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनको सामूहिक बलात्कारपछि हत्या भएको आरोप परिवारको छ ।
छोरीको मृत्युपछि गएराति घर आएका इनिशाका बुबा इन्द्रले न्याय नमिलेसम्म शव नबुझ्ने बताएका छन् । उनी रोजगारीका सिलसिलामा दुवैमा थिए ।बिहीबार जिल्ला प्रहरी कार्यालय अगाडी उनले भने, ‘मेरो छोरीमाथि जघन्य अपराध भएको छ, बलात्कारपछि हत्या भएको छ, न्याय मर्नु भएन ।’
निष्पक्ष तरिकाले अनुसन्धान हुनुपर्ने उनको माग छ ।उनले अगाडी भने–‘प्रहरी सरहरूले पनि न्याय मिल्छ भन्नु भएको छ, मेरो भनाइ बलात्कारीहरूलाई आजीवन काराबास होस्, कि मृत्युदण्ड हुनुपर्छ, यस्तो नीति नलिए यस्ता घटना घटिरहन्छन् ।’
साथै, उनले न्याय नपाएसम्म अस्पतालको शव गृहमा रहेको छोरीको शव नउठाउने पनि बताए । प्रहरीले घटना घटेकै दिन फागुन २३ गते शनिबार घटनास्थलबाटै १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । जुन व्यक्तिले इनिशासँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् ।
पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण