अब १३ वर्षमुनिका बालबालिकाले पनि ह्वाट्सएप चलाउन पाउने, नियन्त्रण भने अभिभावकको हातमा
सारांश
- मेटाले बालबालिकाका लागि 'प्यारेन्ट-म्यानेज्ड' एकाउन्ट मोडल सार्वजनिक गरेको छ, जसले १३ वर्ष मुनिका बालबालिकालाई ह्वाट्सएप प्रयोग गर्न अनुमति दिन्छ।
- अभिभावकको प्रत्यक्ष निगरानी र नियन्त्रणमा बालबालिकाले एप चलाउन सक्नेछन्, जसमा अभिभावकले सम्पर्क सूची व्यवस्थापन गर्नेछन्।
- प्राइभेसी सेटिङको अधिकार अभिभावकलाई दिइएको छ र सन्देशहरू एन्ड-टु-एन्ड इन्क्रिप्सनबाट सुरक्षित हुनेछन्।
काठमाडौँ । ह्वाट्सएपको मातृ कम्पनी मेटाले बालबालिकाहरूका लागि ‘प्यारेन्ट–म्यानेज्ड’ एकाउन्ट मोडल सार्वजनिक गरेको छ। यससँगै अब १३ वर्षभन्दा कम उमेरका बालबालिकाले पनि आधिकारिक रूपमा ह्वाट्सएप प्रयोग गर्न सक्नेछन्।
यसअघि ह्वाट्सएप चलाउन न्यूनतम १३ वर्ष उमेर पुग्नुपर्ने प्रावधान रहेकोमा अब अभिभावकको प्रत्यक्ष निगरानी र नियन्त्रणमा बालबालिकाले यो एप चलाउन पाउने बाटो खुलेको हो। धेरै बालबालिकाले लुकीछिपी एप प्रयोग गरिरहेको पाइएपछि विज्ञहरूको सुझावका आधारमा मेटाले यो सुरक्षित विकल्प ल्याएको हो।
यो नयाँ फिचरअन्तर्गत बालबालिकाको एकाउन्ट अभिभावकले नै सेटअप गरिदिनुपर्नेछ। बालबालिकाले कसलाई मेसेज पठाउने वा कोसँग कुरा गर्ने भन्ने कुराको पूर्ण नियन्त्रण अभिभावकको कन्ट्याक्ट लिस्ट व्यवस्थापनमा निर्भर रहनेछ।
अपरिचित व्यक्तिसँग सम्पर्क हुन नदिन र जथाभाबी ग्रुपहरूमा जोडिनबाट रोक्नका लागि अभिभावकलाई नै प्राइभेसी सेटिङको अधिकार दिइएको छ। सेटिङहरू सुरक्षित राख्नका लागि कम्पनीले प्यारेन्ट पिनको व्यवस्था समेत गरेको छ, जसले गर्दा बालबालिकाले आफैँ सेटिङ परिवर्तन गर्न पाउने छैनन्।
यद्यपि, अभिभावकले बालबालिकाको सम्पर्क सूची नियन्त्रण गर्न सके पनि उनीहरूले पठाएका वा प्राप्त गरेका निजी मेसेजहरू भने पढ्न पाउने छैनन्। ह्वाट्सएपका मेसेजहरू एन्ड–टु–एन्ड इन्क्रिप्सन प्रविधिबाट सुरक्षित हुने भएकाले पठाउने र पाउने व्यक्तिबाहेक तेस्रो पक्ष वा स्वयम् ह्वाट्सएपले पनि ती मेसेज पढ्न सक्दैन।
बालबालिकाले प्रयोग गर्ने डिभाइस अभिभावकको मुख्य एकाउन्टसँग लिङ्क हुनेछ। यो फिचर आगामी केही हप्ताभित्रै विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध हुने मेटाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण