१० खेलाडीमा सीमित गेटाफेमाथि एथ्लेटिकोको जित
शनिबार, ३० फागुन २०८२, २३ : २२
सारांश
- एथ्लेटिको मड्रिडले गेटाफेलाई १-० गोलले पराजित गर्दै कठिन जित दर्ता गर्यो।
- नाहुएल मोलिनाले खेलको सुरुवाती गोल गरे, जुन निर्णायक बन्यो।
- गेटाफेका एक खेलाडीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिको मड्रिडले गेटाफेमाथि १–० को कठिन जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडलाई जित दिलाउन नाहुएल मोलिनाले गरेको सुरुवाती गोल नै निर्णायक सावित भयो । खेलको आठौँ मिनेटमा मोलिनाले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा गेटाफे थप दबाबमा परेको थियो । ५५ औँ मिनेटमा गेटाफेका खेलाडी अब्देल अबकारले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा झरेको गेटाफेले खेलमा फर्कने प्रयास गरे पनि एथ्लेटिकोको रक्षापङ्क्ति तोड्न सकेन ।
यो जितसँगै एथ्लेटिको मड्रिडले लिग तालिकामा महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण