इरान युद्धका कारण बहराइन र साउदी अरबमा एफ१ रेस रद्द
सारांश
- इरान युद्धको कारण देखाउँदै बहराइन र साउदी अरबमा फर्मुला वन (एफ१) रेस रद्द गरियो।
- अमेरिका र इजरायलबीचको तनावका कारण एफ१ रेस रद्द गरिएको हो।
- एफ१का अध्यक्षले मध्यपूर्वको अवस्थालाई ध्यानमा राख्दै यो निर्णय लिएको बताए।
रियाद । बहराइन र साउदी अरबमा फर्मुला वन (एफ१) रेस रद्द गरिएको छ । इरान युद्धको कारण देखाउँदै फर्मुला वन र यसको सञ्चालक निकाय एफआईएले अप्रिलमा हुन लागेको रेस रद्द गरेको हो ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण तीव्र पारिरहँदा इरानले पनि इजरायल र खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डा रहेका देशमाथि हमला तीव्र पारिरहेको छ । यो घोषणा आइतबार बिहान शाङहाईमा चिनियाँ ग्रान्ड प्रिक्सको आयोजना हुनु भन्दा अगाडि भएको हो ।
एफ–वनले जारी गरेको वक्तव्यअनुसार अप्रिलमा बहराइन ग्रान्ड प्रिक्स र साउदी अरेबिया ग्रान्ड प्रिक्स आयोजना नहुने निर्णय गरिएको हो । एफ–वनको क्यालेन्डरअनुसार बहरेनमा अप्रिल १२ मा र साउदी अरबको जेद्दाहमा अप्रिल १९ मा रेस आयोजना हुने तय थियो । एफ–वनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्टेफानो डोमेनिकलीले हालको परिस्थितिलाई ध्यानमा राख्दै यो कठिन तर आवश्यक निर्णय गरिएको बताएका छन् । उनले भने, ‘मध्यपूर्वको वर्तमान अवस्थालाई विचार गर्दा यस्तो निर्णय लिनु दुर्भाग्यपूर्ण भए पनि अहिलेका लागि सही निर्णय यही हो ।’
यसैगरी फेडरेशन इन्टरनेशनल डे लुअटोमोबाइल (एफआईए)का अध्यक्ष मोहम्मद बेन सुलायमले पनि मोटरस्पोर्ट समुदायको सुरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । ‘हाम्रो समुदाय र सहकर्मीहरूको सुरक्षा तथा कल्याणलाई ध्यानमा राख्दै गम्भीर विचारपछि यो निर्णय गरिएको हो,’ उनले भने ।
एफआईए र एफ–वनले यी रेसहरू रद्द वा स्थगित भएको भन्ने शब्द भने प्रयोग गरेका छैनन् । यसले भविष्यमा परिस्थिति अनुकूल भए पुनः तालिका मिलाएर आयोजना गर्न सकिने सम्भावना खुला राखेको संकेत गर्छ । बेन सुलायेमले बहरेन र साउदी अरेबिया एफ–वन सिजनका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै परिस्थिति सहज भएलगत्तै ती स्थानमा पुनः फर्कने अपेक्षा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण