अन्तिम समयमा रिचार्लिसनले गोल गरेपछि लिभरपुल र टोटनह्यामले अङ्क बाँडे
सोमबार, ०२ चैत २०८२, ०० : १९
सारांश
- आइतबार राति भएको खेलमा लिभरपुल र टोटनह्याम १-१ गोलको बराबरीमा रोकिए।
- लिभरपुलका लागि डोमिनिक सोबोस्लाईले १८ औँ मिनेटमा गोल गरे।
- टोटनह्यामका रिचार्लिसनले ९० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र टोटनह्याम १–१ गोलको बराबरीमा रोकिएका छन् । खेलको अन्तिम समयमा गोल खाएपछि लिभरपुलले अङ्क बाँड्न बाध्य भएको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । खेलको १८ औँ मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा लिभरपुलले उक्त अग्रता कायम राखे पनि दोस्रो हाफको अन्तिम समयमा टोटनह्याम खेलमा फर्कियो ।
टोटनह्यामका लागि रिचार्लिसनले खेलको निर्धारित समय सकिनै लाग्दा ९० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनको गोलसँगै टोटनह्याम हारबाट जोगिन सफल भयो ।
यो बराबरीसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् । अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले ३ अङ्क जोड्ने अवसर गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोडर्नविरुद्ध अल्जेरियाले फर्कायो गोल, खेल रोमाञ्चक मोडमा
-
चियाका पारखी प्रधानमन्त्रीलाई खुला पत्र !
-
म्यानमारमा सेनाको बर्बरता : ७०० भन्दा बढी सर्वसाधारणको हत्या
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण