मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ह्यात होटल तोडफोड र क्यासिनो लुटपाटमा संलग्न दुई जना पक्राउ

सोमबार, ०२ चैत २०८२, ०६ : ०३
सोमबार, ०२ चैत २०८२

सारांश

  • बौद्धस्थित ह्यात होटलमा तोडफोड, क्यासिनोमा लुटपाट र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा काभ्रेका कुलध्वज लामा र राकेश लामा रहेका छन्, उनीहरु आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्।
  • प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्दै विस्तृत अनुसन्धान गरिरहेको छ, र कानुनी कारबाही अगाडि बढाएको छ।

काठमाडौँ। काठमाडौंको बौद्धस्थित ह्यात होटलमा तोडफोड गरी होटलभित्र सञ्चालित प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेका काभ्रेका कुलध्वज लामा र राकेश लामालाई बौद्ध क्षेत्रबाटै नियन्त्रणमा लिएको हो।

गत २०८२ भाद्र २४ गते भएको सो हिंसात्मक घटनाका मुख्य आरोपितहरूलाई खोजतलास गर्ने क्रममा प्रहरीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको रोसी गाउँपालिका–४ स्थायी घर भई हाल बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा ‘कुले’ र काभ्रेकै तेमाल गाउँपालिका–८ का ३७ वर्षीय राकेश लामा ‘कोरियन’ रहेका छन्।

पक्राउ परेका दुवै जना आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू हुन्। प्रहरीका अनुसार  कुलध्वज लामाविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध जस्ता गम्भीर प्रकृतिका ५ वटा मुद्दा दर्ता भइसकेका छन्। त्यसैगरी, राकेश लामाविरुद्ध अपहरण, शरीर बन्धक, अभद्र व्यवहार र सार्वजनिक अपराधसहित ७ वटा मुद्दा रहेको प्रहरी रेकर्डले देखाएको छ।

होटल र क्यासिनोमा भएको क्षति, लुटपाट र आगजनीको घटनामा उनीहरूको भूमिकाबारे थप प्रष्ट पार्न प्रहरीले अहिले विस्तृत अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप