सुजनलाई दोहोरो स्वर्ण
काठमाडौँ । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् ।
जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राईले जनाएका छन् ।
वल्र्ड मार्सल आट्र्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए । चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे । यो स्पर्धामा ५ जना सहभागी थिए । ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक जोडे ।
प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ । सुजन सातौं राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता पदक विजेता हुन् । सुजन मंगलबार स्वदेश फर्किदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण