कञ्चनपुरमा छोराद्वारा कान्छी आमाको हत्या, बहिनी गम्भीर घाइते
सारांश
- कञ्चनपुरको दोधारा चाँदनीमा एक व्यक्तिले आफ्नी आमाको हत्या गरेका छन्, बहिनी गम्भीर घाइते।
- ७५ वर्षीया आमाको घटनास्थलमै मृत्यु, बहिनीको अस्पतालमा उपचार भइरहेको छ।
- जग्गा जमिनको विवादका कारण आक्रमण भएको र आरोपी फरार रहेको प्रहरीको भनाइ छ।
धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ माननीय चोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै कान्छी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चैत ३ गते मंगलबार राति करिब ८:४५ बजेको समयमा स्थानीय ५५ वर्षीय हरि प्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठमाथि धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट बिन्द्रा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा हरिले आफ्नै ५० वर्षीया बहिनी भगवती देवी माझीमाथि पनि आक्रमण गरेका थिए । विवाह भए पनि माइतीमै बस्दै आएकी भगवतीको टाउको र दाहिने हातमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको र हाल महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी जग्गा जमिनको विषयलाई लिएर उनीहरूबिच लामो समयदेखि विवाद चल्दै आएको बुझिएको छ । सोही पुरानो रिसिइबीका कारण हरिले मध्यरातमा परिवारका सदस्यमाथि आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटना लगत्तै आरोपी हरि प्रसाद श्रेष्ठ फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार श्रेष्ठको खोजीका लागि जिल्लाभर र सीमा क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण