फेरि रोमान्टिक अवतारमा देखिँदै शाहरुख खान
सारांश
- शाहरुख खान फेरि रोमान्टिक भूमिकामा फर्किने भएका छन्, जसले दर्शकलाई पुरानो फिल्मको याद दिलाउनेछ।
- सुजोय घोषको फिल्म 'किङ' पछि शाहरुख ठूलो बजेटको रोमान्टिक फिल्ममा देखिनेछन्, जसमा उनको फरक लुक्स हुनेछ।
- यो फिल्म क्लासिक प्रेमकथामा आधारित हुनेछ, जसलाई अन्तर्राष्ट्रिय स्तरमा भव्य रूपमा प्रस्तुत गर्ने योजना छ।
मुम्बई । बलिउडका ‘किङ खान’ शाहरुख खानले एक पटक पुनः ठुलो पर्दामा रोमान्सको जादु छर्ने भएका छन् । ‘पठान’ र ‘जवान’ जस्ता ब्लकबस्टर एक्सन फिल्महरू मार्फत बक्स अफिसमा तहल्का पिटेका उनी अब आफ्नो पुरानो र चर्चित रोमान्टिक अन्दाजमा फर्कन लागेका हुन् ।
बलिउड मिडियाका अनुसार सुजोय घोषको ‘किङ’ पछि शाहरुख एक ठुलो बजेटको रोमान्टिक फिल्ममा देखिनेछन् । यस फिल्मको सबैभन्दा खास कुरा शाहरुखको लुक्स हुने बताइएको छ । रिपोर्टका अनुसार उनी यस फिल्ममा निकै फरक लुक्समा आउनेछन्, जुन दर्शकका लागि नयाँ र विशेष हुनेछ ।
पिंकभिलाको रिपोर्ट अनुसार यो फिल्म एक क्लासिक प्रेमकथामा आधारित हुनेछ । जसमा भावना र पुरानो युगको प्रेमको अनुभूतिलाई आधुनिक शैलीमा प्रस्तुत गरिनेछ । निर्माण पक्षले यो प्रोजेक्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र भव्य रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ ।
शाहरुख खान यस फिल्ममा एक परिपक्व भूमिकामा देखिनेछन् । उनको यो अवतारले दर्शकलाई ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कुछ कुछ होता है’ र ‘वीर–जारा’ जस्ता सदाबहार फिल्महरूको याद दिलाउनेछ । लामो समयसम्म एक्सन भूमिकामा देखिएका शाहरुखलाई फेरि रोमान्टिक भूमिकामा हेर्न फ्यानहरू निकै उत्सुक छन् ।
फिल्मको कथा, निर्देशक र अन्य कलाकारहरूको बारेमा अहिले नै धेरै जानकारी सार्वजनिक गरिएको छैन । यद्यपि, फिल्म उद्योगमा यस प्रोजेक्टलाई लिएर निकै चर्चा सुरु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण