गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी
गाजा । इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ । इजरायल रक्षा बल र आन्तरिक सुरक्षा निकायले संयुक्त रूपमा जारी गरेको वक्तव्यअनुसार उत्तरी गाजा क्षेत्रमा कार्यरत हमासको नौसैनिक इकाइका कमाण्डर युनुस मोहम्मद हुसेन अलियान सोमबार गरिएको आक्रमणमा मारिएका हुन् ।
उनी नौसैनिक बलको सञ्चालन, तालिम तथा हतियार तयारीको जिम्मेवारीमा रहेका बताइएको छ । वक्तव्यमा हालका हप्ताहरूमा उनले आफ्नो इकाइको क्षमता पुनःनिर्माण गर्दै सम्भावित आक्रमणको योजना बनाइरहेको आरोप लगाइएको छ । आक्रमणका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर सावधानी अपनाइएको पनि जनाइएको छ ।
यसैबिच, प्यालेस्टिनी रेड क्रिसेन्ट र स्थानीय स्वास्थ्य स्रोतका अनुसार दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा मङ्गलबार गरिएको हवाई आक्रमणमा ३ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
गाजाको स्वास्थ्य निकायका अनुसार सन् २०२३ अक्टोबर ७ यता सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ७२ हजार २४९ पुगेको छ भने १ लाख ७१ हजार ८९८ जना घाइते भएका छन् ।
क्षेत्रीय द्वन्द्व अझै चर्किँदै गएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण