रास्वपा सांसदहरूको प्रतिबद्धताः जनआकांक्षा र सुशासनमा केन्द्रित हुन्छौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूले जनअपेक्षा सम्बोधन र सुशासन स्थापनामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार आयोजित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा उनीहरूले भ्रष्टाचार नियन्त्रण, समावेशिता प्रवर्द्धन र जनताको आकांक्षा पूरा गर्ने एजेन्डालाई प्राथमिकतामा राख्ने बताएका हुन् ।
सांसद हरि ढकालले सुशासनका लागि ‘मुहान’ नै सफा गर्नुपर्नेमा जोड दिए । उनले जनमत सुशासनका पक्षमा स्पष्ट रहेको भन्दै त्यसैअनुसार काम अघि बढाउने बताए ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै सांसद भूमिका श्रेष्ठले पछाडि पारिएका समुदायको हित प्रवर्द्धन र उनीहरूको आवाज संसदमा उठाउने बताइन् । स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक न्यायमा रहेका विभेद अन्त्य आफ्नो मुख्य एजेन्डा हुने उनको भनाइ छ ।
सांसद आशिका तामाङले पाँच वर्षे कार्यकाल भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुने बताइन् । उनले भ्रष्टाचार अन्त्य गर्न सके देशले ठूलो फड्को मार्ने दाबी गरिन् ।
सांसद सागर ढकालले निर्वाचनताका सार्वजनिक गरिएको वाचा पत्र कार्यान्वयनलाई प्राथमिकतामा राख्ने बताए । उनले जनताका सानासाना आकांक्षा पूरा गर्दै दीर्घकालीन विकासतर्फ अघि बढ्ने योजना रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण