टोटनहमसँगको रोमाञ्चक भिडन्तमा पराजित हुँदा पनि एथ्लेटिको मड्रिड क्वार्टरफाइनलमा प्रवेश
सारांश
- टोटनहमले एथ्लेटिको मड्रिडलाई ३-२ ले हरायो, तर समग्रमा एथ्लेटिको विजयी भयो।
- खेलको पहिलो लेगमा एथ्लेटिकोले ५-२ को अग्रता लिएको थियो, जसले क्वार्टरफाइनलमा स्थान पक्का गर्यो।
- जाभी सिमोन्सले दुई गोल गरे, तर टोटनहम समग्र नतिजामा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो।
काठमाडौं । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को दोस्रो लेगमा इंग्लिस क्लब टोटनहमले स्पेनिस टोली एथ्लेटिको मड्रिडमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । यद्यपि, दुवै लेगको नतिजाका आधारमा समग्रमा ७–५ को अग्रता लिँदै एथ्लेटिको मड्रिड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
पहिलो लेगमा व्यहोरेको ५–२ को हारको बदला लिन मैदान उत्रिएको टोटनहमले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्यो । खेलको ३०औँ मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै टोटनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमै खेल रोमाञ्चक बन्यो । ४७औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै एथ्लेटिकोलाई खेलमा फर्काए । त्यसको लगत्तै ५२औँ मिनेटमा जाभी सिमोन्सले गोल गरेपछि टोटनहमले पुनः २–१ को अग्रता लियो । खेलको ७५औँ मिनेटमा डेभिड हान्कोले गोल गर्दै एथ्लेटिकोलाई फेरि २–२ को बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित समय सकिनै लाग्दा ९०औँ मिनेटमा जाभी सिमोन्सले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–२ को जित त दिलाए, तर समग्र नतिजामा पछि परेका कारण टोटनहम प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
पहिलो लेगमा बनाएको बलियो अग्रताकै कारण एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
-
गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण